यस्तै ब्रुसले भारत र पाकिस्तान बिचको तनावमा कुनै पनि प्रकारको मध्यस्थता केही खुलाइनन् । पत्रकारहरुले उनलाई भारत–पाकिस्तानबीच मध्यस्थता सम्बन्धी प्रश्न पनि सोधेका थिए । तर उनले भारत–पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको पुष्टि नगरेको र अस्वीकार पनि नगरेको बीबीसीले जनाएको छ ।
तर उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको बताइन् । यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेका थिए ।