आइतवार, आश्विन १८ गते २०८३

सांसद मिना जैसवालले आतंकवादविरुद्ध नेपाल उभिएको भन्दै स्वागत गरिन्

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना जैसवालले परराष्ट्र मन्त्रालयले आतंकवादको विपक्षमा उभिएर विज्ञप्ति निकालको भन्दै त्यसको स्वागत गरेकी छिन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको भूमि कसैविरुद्ध प्रयोग हुन नदिने सुनिश्चितता अन्तर्राष्ट्रिय समुदायलाई पुर्‍याउन समेत आग्रह गरेकी छिन् ।

सांसद जैसवालले भनिन्, ‘नेपाल सधै शान्तिको पक्षमा उभिने राष्ट्र हो र राष्ट्रिय सुरक्षामा हामी कुनै कम्प्रमाइज गर्ने अवस्थामा छैनौँ, नेपालको परराष्ट्र मन्त्रालयले आतंकविरुद्ध भारतलाई जनाइएको सर्मथन स्वागत गर्दछु र नेपालको भूमि कसैको प्रभावमा नपरो भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन शुनिश्चित गरौँ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार