आइतवार, आश्विन १८ गते २०८३

सांसदहरू सरकारसँग जवाफ माग्दै– भारत–पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ?

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी मागेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले भारत र पाकिस्तानबीचको तनावले आपूर्ति लगायतमा प्रभाव पर्न सक्ने बताएका छन् । नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे सरकारले कुनै तयारी गरेको छ कि छैन भन्दै उनले तयारीबारे सरकारले छलफल गर्नुपर्ने र त्यसबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत र पाकिस्तानमा रहेका नेपालीहरू र नेपाली विद्यार्थीहरूमाथि बढेको जोखिमबारे नेपालले ख्याल गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले सांसद सरस्वती सुब्बाले खुला सीमा लगायतका कारणले नेपालमा सुरक्षाको विषयमा हुन सक्ने जोखिमलाई सरकारले ख्याल गर्नुपर्ने बताएकी छिन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार