काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बैतडीको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा यज्ञ भट्ट (यदु) चयन भएका छन् ।
यही वैशाख २७ गते (शनिबार) पाटनमा सम्पन्न अधिवेशनले भट्टको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको हो । समितिका अन्य पदाधिकारीहरूमा भुवन कार्की उपाध्यक्ष, कर्ण कुवँर सचिव, दानसिंह धामी कोषाध्यक्ष, बसन्ती भट्ट र बिरेन्द्र महरा सहसचिव चयन भएका छन् ।
भट्ट डिलासैनी गाउँपालिका वडा नम्बर-५ का वडा अध्यक्ष समेत रहेका छन् । भट्टले २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा वडा अध्यक्ष जितेका थिए । नव-निर्वाचित अध्यक्ष भट्टले संगठनले दिएको जिम्मेवारी इमान्दारीका साथ बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष पदका लागि अर्का आकांक्षी युवा नेता रमेश बिष्ट रहेका थिए । अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।