आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्रीले राजावादीलाई भने– कुनै जेठ १५ मा पनि तपाईंहरुको सपना पूरा हुन्न

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुतिर लक्षित गर्दै आउने जेठ १५ गते मात्र नभइ कुनै जेठ १५ मा पनि राजतन्त्र नफकिर्ने ठोकुवा गरेका छन् ।

आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले प्रतिगामी सपना काम नलाग्ने समेत बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘जेठ १५ गते । यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै जेठ १५गते पर्खिनुहोस्, तपाईंहरुको सपना साकार हुने छैन । यो प्रतिगामी सपना काम लाग्दैन ।’

राजतन्त्र फर्काउने भन्दै राजावादी विभिन्न दल र समूहरुले संयुक्त जनआन्दोलन समितिमार्फत जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणाा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार