आइतवार, आश्विन १८ गते २०८३

ज्ञानेन्द्रलाई नजरबन्दमा राखिएको हल्ला फैलिएपछि निर्मल निवासले यस्तो भन्यो

आइतवार , बैशाख २८, २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि पूर्वराजाको संवाद सचिवालयले खण्डन गरेको छ ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजालाई निर्मल निवासमै नगरबन्द गरिएको भन्ने खबरको कुनै सत्यता नरहेको बताए । 

‘ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा  कुनै सत्यता नरहेको जानकारी गराउन चाहान्छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति भनेका छन् । 

पूर्वराजाकै योजनामा राजावादीहरुले जेठ १५ देखि राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेकै बेला पूर्वराजालाई सरकारले नजरबन्द गरेको हल्ला फैलिएको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार