सोमवार, श्रावण २५ गते २०८३

आइपिएल यसै साता पुनः सुरु हुने

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौँ । विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु‌ (आरसीबी) र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल) को खेल शनिवार ( मे १७) सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिआइसिसी ) ले जनाएको छ । बिआइसिसीले सोमवार परिमार्जित तालिका सार्वजनिक गर्दै फाइनल जेठ २० ( जुन ३ ) गते हुने जनाएको छ।

यसअघि, भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण गत हप्ता आइपिएल २०२५ सिजन स्थगित गरिएको थियो। शनिवार युद्धविरामको घोषणा भएपछि प्रतियोगिता पुनः सुरु हुने बाटो खुलेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार