काठमाडौं । हिन्दु नारीहरुको महान चाडको रुपमा रहेको पर्व तीज नजिँकिदै गर्दा तीज गीतको लहरै चलेको छ ।
शिव–कैलास कला मन्दिरको प्रश्तुतीमा सुन्दर परियार र मनिषा परियारको तीज गीत ‘नाई भन्न पाइन्न’ सार्वजनिक भएको छ । यो गीत नवलपरासीको मध्यविन्दु १० मा छायांकन गरिएको हो ।
गीतमा सुन्दर परियार, पुर्णकला बीसी र सुनीता बुढाथोकीको स्वर छ। गीतमा सुरज प्रभात छिनाल र मनिषा परियारले नृत्य गरेका छन्। भिडियोमा कोरियोग्राफी तथा निर्देशन सुरज प्रभात छिनालले गरेका हुन्।
गीतमा शब्द र संगीत गायक परियारकै हो। तारानाथ आचार्यको एरेन्ज रहेको गीतको अडियो मिक्सीङ खड्क बाजुरालीले गरेका छन्।