मंगलवार, आश्विन १३ गते २०८३

विषाक्त मदिरा सेवनबाट भारतको पञ्जाबमा १४ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । भारतको पञ्जाब स्थित अमृतसर जिल्लामा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ ।

अमृतसर जिल्लाको मजिठामा गएराति यस्तो घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अमृतसर प्रहरीका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उक्त मदिरा सप्लायर गर्ने व्यक्तिसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ । अमृतसरको भंगाली, पातालपुरी, मरारीकला, थेरेवाल र तलबन्डी घुम्मन भन्ने गाउँमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पञ्जाब राज्य सरकारले नक्कली मदिरा सप्लाइ गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएको छ ।

अमृतसर प्रहरीका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएपछि ती पाँच वटै गाउँमा मेडिकल टिम पठाएर परीक्षण थालिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार