आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री ओली भन्छन्– हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी कार्यालय एक(एक रुपैयाँमा बनाउँछौँ भन्ने निस्किएको भन्दै कटाक्ष गरेका छन् ।

आज बालुवाटारमा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले बैंकले समेत एक रुपैयाँ साटेर नदिने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीको भने, ‘एक-दुईवटा साना कामहरूमा साथी भाइहरु बहुत हौसिन्छन्, हामी छौँ भन्छन्, चन्दा उठाउँछन्, अस्ति हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए । एक-एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे । एक-एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ । चन्दा एक-एक रुपैयाँ कहाँ साटेर ल्याउने ? दिँदैन त्यो पनि ।’

पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट दान लिने निर्णयको विरोध गर्दै नेकपा एमालेका नेताहरु वृन्दा पाण्डे, उषाकिरण तिम्सिना लगायतले कार्यकर्ताबाट एक/एक रुपैयाँ चन्दा उठाएर पनि बनाउन सकिने अभिव्यक्ति दिएका थिए । गुरुङबाट दान लिने निर्णय गरेका पाण्डे, तिम्सिना र भीम रावललाई एमालेले स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ चित्तबुझ्दो नभएको भन्दै रावललाई पार्टीबाटै निस्काशन गरिएको थियो भने दुई जनालाई ६ महिना निलम्बन गरिएको थियो ।

तर, ६ महिना पुरा भए पनि एमालेले अझै उनीहरुमाथिको निलम्बन फुकुवा गरेको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार