आइतवार, आश्विन १८ गते २०८३

रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौँ । रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न  अदालतले अनुमति दिएको छ।  जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। 

चैत १५ को तीनकुनेको राजावादीको हिंस्रक प्रदर्शनको नेतृत्वकर्ताहरू मिश्र, दुर्गा प्रसाईं, उसका सहयोगीहरू र शिव सेनाका अध्यक्ष अनिल बस्नेतसहितलाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ। ५ दिनअघि उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा थालिएको छ।  

संगठित अपराधमा समेतको कसुरमा अनुसन्धान भइरहेकोले प्रहरीले ६० दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न पाउँछ। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार