मंगलवार, आश्विन १३ गते २०८३

अमेरिका र साउदी अरबबीच १ खर्ब ४२ अर्बको रक्षा सम्झौता

बुधवार , जेठ १, २०८२

काठमाडौँ । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच सम्झौता भएको हो ।

सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले हस्ताक्षर गरेका छन् । यो सम्झौता दुई देशबीच भएको इतिहासकै ठूलो रक्षा सम्झौता रहेको ह्वाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सम्झौताअनुसार साउदी अरबले अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ ।

सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय रहेका बीबीसीले जनाएको छ ।

दुई देशबीच ऊर्जा, खनिज स्रोत, सङ्क्रामक रोगसम्बन्धी सहयोगलगायत विषयमा पनि सहमति भएको छ । साउदी अरबले अमेरिकामा लगानी गर्ने प्रतिबद्धतासमेत जनाएको ह्वाइट हाउसले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार