मंगलवार, आश्विन १३ गते २०८३

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

बुधवार , जेठ १, २०८२

काठमाडौँ । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। 

२०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्वछापामार नेता मुजिकालाई उनको साधारण जीवन शैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिन्थे ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओर्सीले क्रिसमसको दिन जोसे मुजिकाको मृत्युको घोषणा गर्दै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो र जनताप्रति तपाईंको गहिरो प्रेमको लागि धन्यवाद।’

पूर्वराष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन, तथापि उनी अन्ननलीको क्यान्सरबाट पीडित थिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार