आइतवार, आश्विन १८ गते २०८३

राइड सेयरिङको भाडादरको विषय संसद्‍मा उठ्यो

बुधवार , जेठ १, २०८२

काठमाडौं । राइड सेयरिङको भाडादरको विषय संसद्‍मा उठेको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले यो विषय उठाएका हुन् ।

उनले भने, ‘काठमाडौं उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकलाई मनपरी भाडा लिएर र सरकारलाई एक पैसा कर नतिरि अर्बौं ठगी गरिरहेका छन्, ।’ उनले यो विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

नेपालका आन्तरिक हवाइ सेवाले समेत यात्रुहरूलाई आधा घण्टाका लागि चार घण्टा सम्म कुराउने र उडान रद्द भए जिम्मा नलिने प्रवृति नरहेको भनेर समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार