सोमवार, श्रावण २५ गते २०८३

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरसहित)

बुधवार , जेठ १, २०८२

काठमाडौं । स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ ।

bidai-cricket-toli-(3)-1747203081.jpeg

नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्ने भएको छ । नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

national-cricket-team-(4)-1747203102.jpeg

सिरिजका लागि नेपालले शनिबार रोहित पौडलको कप्तानीमा अन्तिम टोलीको घोषणा गरेको हो । टोलीमा उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरिलाई दिइएको छ ।

bidai-cricket-toli-(8)-1747203091.jpeg

नेपाली टोली :

bidai-cricket-toli-(1)-1747203056.jpeg

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।

bidai-cricket-toli-(13)-1747203098.jpeg

टी-२०आई सिरिजका लागि थप नेपाली टोली :

1747205132_5.jpg

किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

bidai-cricket-toli-(14)-1747203101.jpeg

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार