आइतवार, आश्विन १८ गते २०८३

सर्वोच्च अदालतले रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण सोध्यो

बुधवार , जेठ १, २०८२

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज उक्त आदेश जारी गरेको हो ।

मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै हिजो (मंगलबार) उनको पक्षबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको थियो । यसअघि मंगलबार नै जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रहरीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि गरेको आरोपमा मिश्रलाई पक्राउ गरेको थियो । उनीमाथि राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार