आइतवार, आश्विन १८ गते २०८३

पूर्णबहादुर घर्तीको प्रश्न– निजामती विधेयकमा उदासिनता, भूमिमा किन हतारो ?

बिहिवार , जेठ २, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले सरकारले शिक्षा र निजामती कर्मचारी विधेयकमा उदासिन देखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद घर्तीले निजामती विधेयकमा उदासिनता र भूमि विधेयकमा हतारो किन ? भन्दै प्रश्न गरेका छन् ।

उनले सरकारले शिक्षक महासंघसँग गरेको सम्झौताअनुसार शिक्षा विधेयकलाई समेत अगाडि नबढाएको आरोप लगाएका छन् । सांसद घर्तीको प्रश्न छ, ‘निजामती विधेयकमा एक किसिमको उदासिनता र भूमि विधेयकमा चाहीँ छिटो पारित गराउन हतारो किन भएको सरकारलाई, ?’ ‘प्रशासनिक संघीयतालाई कार्यान्वयन गराउनको लागि आवश्यक पर्ने निजामती ऐन हामीले अहिलेसम्म पनि पारित गराउन सकिरहेका छैनौं । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा निजमती ऐन किन आउन सकेको छैन ? यस विषयमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

शिक्षकहरू पुनः आन्दोलन गर्ने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले प्रशासनिक संघीयतालाई कार्यान्वयन गराउन आवश्यक पर्ने निजामति ऐन पारित गर्न नसक्दा प्रदेश र स्थानीय तहले कर्मचारीको अभाव झेलिरहेको बताएका छन् ।

उनले भने, ‘शिक्षक आन्दोलन भर्खरै सम्पन्न भएको छ । सरकारले सम्झौता समेत गरेको छ । यो सम्झौता अनुसार शिक्षा विधेयक कहिले आउने हो , ?’ ‘शिक्षकहरूले सरकारले आफूलाई धोका दिएको भन्दै पुनः आन्दोलित हुने अवस्था छ । यसको बारेमा सरकारले के सोचेको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार