काठमाडौँ । भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादव काठमाडौँ आइपुगेका छन् । भोलि शुक्रबारदेखि सुरु हुने सगरमाथा संवादमा सहभागी हुन उनी काठमाडौँ आएका हुन् ।
काठमाडौँमा जेठ २ गतेदेखि ३ दिनसम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा १७५ विदेशी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।