आइतवार, आश्विन १८ गते २०८३

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

शुक्रवार , जेठ ३, २०८२

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्धको सूर्यदर्शन सहकारी ठगीको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।

शुक्रबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले हेर्दा हेर्दैमा राखेको हो ।

जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त धरौटी बढी भएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।

यस्तै सरकारी वकिल पनि लामिछानेलाई थुनामै राख्न पर्ने माग गर्दै उच्च अदालत पुगेपछि दुवै निवेदनमाथि एकसाथ सुनुवाइ अगाडी बढेको हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार