आइतवार, आश्विन १८ गते २०८३

सांसद एनपी साउद भन्छन्– विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउनुपर्छ

आइतवार , जेठ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

उनले आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको भन्दै शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरुको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

सांसद साउदले भने, ‘हरेक वर्ष बजेट आउने गरेको छ । यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा आएका छौँ । बजेटको सिद्धान्त र प्राथमिकता सरकारले नै निर्धारण गरेको होला । नीति तथा कार्यक्रममा छलफल भएको छ । नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको छ । सहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरुको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ? भोलिको परिदृश्यले देखाउनेछ, ।’

उनले भने, ‘विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरुले देखाएका छन् । विगतमा भएका अनुभव र विद्रोहबाट पाठ सिक्दै सामाजिक न्याय र विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माणका लागि सरकारलाई सुझाव दिन चाहन्छु ।’

सांसद साउदले विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरुले देखाएको बताएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार