मंगलवार, आश्विन १३ गते २०८३

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्न अध्यक्ष प्रचण्डको प्रस्ताव

शनिवार , श्रावण ३०, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राष्टिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म गर्न प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रस्ताव पेश गरेका हुन् । भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गरिने प्रस्ताव गरिएको छ ।

त्यसपछि असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलनको आयोजना गरिनेछ ।  शनिबारको बैठकमा अध्यक्ष प्रचण्डले अहिलेसम्मको राजानीतिक परिस्थितिबारे जानकारी गराएर विधान संशोधन प्रस्ताव र राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार