काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नहेरेपछि स्थगित भएको छ । रविसहित छविलाल जोशीको रिटमा आज सुनुवाइ स्थगित भएको हो ।
सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ । सर्वोच्च प्रशासनले सोमबार पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको हो । यसअघि हिजो (आइतबार) न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश जारी गरेको थियो ।
आज प्रधानन्यायाधीश राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यद्यपि उक्त पेसी पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको छ ।