आइतवार, आश्विन १८ गते २०८३

आज प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

मंगलवार , जेठ ७, २०८२

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।

साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार