काठमाडौँ । आईसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डविरुद्ध टस जितेको छ।
थाइल्यान्डको बैककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा थाइल्यान्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङ गर्नेछ।
यसअघि नै ग्लोबल छनोटमा पुगिसकेका नेपाल र थाइल्यान्ड आज सुपर थ्रीको शीर्ष स्थानमा रहनका लागि स्पर्धा गर्दै छन्। सुपर थ्री को आफ्नो पहिलो खेलमा नेपालले सोमबार युएईलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो।
थाइल्यान्डले आइतबार भएको खेलमा युएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा पुगेको थियो।