मंगलवार, आश्विन १३ गते २०८३

इजरायली सेनाले आक्रमण गर्ने चेतावनी दिएपछि खान युनिसवासीको भागाभाग

मंगलवार , जेठ ७, २०८२

काठमाडौँ । इजरायली सेनाले गाजास्थित खान युनिसमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै त्यहाँबाट हट्न भनेपछि घर छाड्नेहरूको लर्को लागेको छ। 

काठमाडौँ । इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘आईडीएफले खान युनिसमा आक्रमण गर्दै छ।’

यस क्षेत्रमा आतंकवादी शक्ति नष्ट गर्न आईडीएफलेले अभूतपूर्व आक्रमण गर्ने उनले उल्लेख गरेका छन्। त्यसलगत्तै खान युनिसमा बसोबास गर्नेहरूको भागाभाग भइरहेको छ । उनीहरु त्यहाँबाट सुरक्षित स्थानमा सरिरहेका हुन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार