आइतवार, आश्विन १८ गते २०८३

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

मंगलवार , जेठ ७, २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छिन् । जापानको टोकियोमा भोलिदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

मन्त्री डा. राणाले ज्येष्ठ नागरिकमा हुने सामाजिक एकान्तपनसम्बन्धी सो सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् । 

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेसन फर द वेलफेयर एन्ड एजुकेसन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताको सहभागिता रहनेछ । आगामी शनिबार स्वदेश फर्किनेछिन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार