आइतवार, आश्विन १८ गते २०८३

अर्थमन्त्री पौडेलले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान भएको छ । समितिको संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

गत चैत ११ गते गठन भई दुई पटकसम्म पुनर्गठन भएको समितिका सदस्यमा पूर्व गभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य रहेका छन् ।

समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ । शीर्ष प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि पौडेलले बैठक बोलाएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार