आइतवार, आश्विन १८ गते २०८३

अर्थ मन्त्रालयमा गभर्नर छनौट सिफारिस समितिको बैठक जारी

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । गभर्नर छनौट सिफारिस समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ ।

समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक बोलाएका हुन् । बैठकमा अर्थमन्त्रीसहित सदस्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी भएका छन् । यही बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिले सिफारिस गरेका नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ ।

मन्त्रिपरिषद् बैठक पनि आजै साँझ ६ बजेलाई बोलाइएको छ । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थविद् विश्व पौडेललाई गभर्नर बनाउने सहमति यसअघि नै भइसकेको छ । सोही कारण १८औँ गभर्नर पौडेल नै बन्ने प्रबल सम्भावना रहेको छ ।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ । डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार