आइतवार, श्रावण २४ गते २०८३

सुन तस्करी मुद्दामा अभिनेत्री रान्या रावलाई जमानत

बुधवार , जेठ ८, २०८२

काठमाडौँ । सुन तस्करी मुद्दामा आर्थिक अपराध अदालतले कन्नड अभिनेत्री रान्या रावलाई सशर्त जमानत दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई दुई जमानतकर्ता र २ लाख रुपैयाँ धरौटीमा अदालतले रिहाको आदेश दिएको हो।उनीसँगै अर्का अभियुक्त तरुण कोन्डराजुले पनि ससर्त जमानत पाएका छन्। 

दुबईबाट बेंगलुरु यात्रा गर्दा अवैध रूपमा १४.८ किलो सुन ल्याएकी अभिनेत्री रावले जमानत पाए पनि उनी हिरासतबाट बाहिर आउन भने पाएकी छैनन्। किनभने केन्द्रीय सरकारी एजेन्सीहरूले उनीविरुद्ध विदेशी मुद्रा संरक्षण र तस्करी रोकथाम ऐनअन्तर्गत अर्को मुद्दा दर्ता गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार