आइतवार, आश्विन १८ गते २०८३

गठबन्धन ०८४ सम्म नै रहन्छ : शंकर पोखरेल

बुधवार , जेठ ८, २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धन ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् ।

प्रेस चौतारी दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताएका हुन् ।

‘दुई दलबीच असमझदारी हुँदासम्म सरकार ढल्दैन् ।’ महासचिव पोखरेलले भने, ‘असमझदारी नभए कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’

सत्ता गठबन्धन चुनावी परिणामको उपज भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकार कुनै एक दलको नीतिमा नभई सामूहिक नीतिका आधारमा चलाइने बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार