आइतवार, आश्विन १८ गते २०८३

रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित, यस्तो छ कारण 

बुधवार , जेठ ८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो । न्यायाधीश नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले आज रविको  प्रत्यक्षीकरण निवेदनमाथि सुनवाई नहुने भएको हो ।

आज बहस सकिएर आदेश आउने आँकलन गरिएको थियो । तर, मुद्धाको सुनुवाइ नै नहुने भएको छ ।  मङ्गलवार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार