मंगलवार, आश्विन १३ गते २०८३

वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या

बिहिवार , जेठ ९, २०८२

काठमाडौँ । अमेरिकारको वासिङ्टन डीसीस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको छ। 

हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला छन्। उनिहरुलाई क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरिएको हो ।

गोलीबारी स्थानीय समयअनुसार राति ९ बजे भएको थियो। घटनाको समयमा संग्रहालयमा धेरै इजरायली दूतावासका कर्मचारीहरू उपस्थित थिए।

संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले सो घटनालाई “यहूदी विरोधी आतंकवादको घृणित कार्य” भनेर वर्णन गरेका छन्।घटनापछि वासिङ्टन डीसीमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ। मुख्य सडकहरू बन्द गरिएका छन्।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार