आइतवार, आश्विन १८ गते २०८३

पूर्वराष्ट्रपति भण्डारीसँग यी नेताहरु चीन भ्रमणमा जाने

शुक्रवार , जेठ १०, २०८२

काठमाडौँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा जाँदैछिन् । चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उनी शनिबार साँझ चीन प्रस्थान गर्न लागेको उनी निकट एक नेताले जानकारी दिएका छन् ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि पहिलो विदेश भ्रमण चीन जान लागेको भण्डारीको यो भ्रमणले एमाले भित्र तरंग ल्याएको छ । एमालेको राजनीतिमा सक्रिय हुदै गरेकी भण्डारीले एमालेका नेताहरु लिएर चीन जान लागेकी छन् ।

भण्डारीसँगै एमालेका सचिव रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, एमाले नेताहरू गोमा देवकोटा, भेषराज अधिकारी र पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टसहित चीन जान लागेका छन् ।

भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय राजनीतिक भेट गर्ने समेत बताइएको छ । उनी जेठ १९ गते स्वदेश फर्किने तालिका छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार