काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्च अदालतले आदेश सुनाउँदै छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारी भइरहेको हो ।
यसैबिच लामिछानेका समर्थक सर्वोच्च पयिरसरमा भेला भएक छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको छ । यसबिचमा न्यायाशीधहरु ढोका बन्द गरेर आदेश लेखनमा छन् । तर, आदेश आउन ढिलाइ गरिएपछि रवि नछुट्ने हुन की ? भन्ने आशंका पनि पैदा भएको छ ।