सोमवार, श्रावण २५ गते २०८३

नेपालमा पहिलो साफ महिला क्लब च्याम्पियनसिप हुने

आइतवार , जेठ १२, २०८२

काठमाडौँ । पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप फुटबल नेपालमा आयोजना हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)का महासचिव पुरुषोत्तम कट्टेलले प्रतियोगिताको स्वरूपबारे अन्तिम निर्णय हुन बाँकी रहे पनि प्रतियोगिता भने हुने निश्चित भएको बताए ।

साफको काठमाडौँ सम्पन्न कंग्रेसले दक्षिण एसियाली फुटबलको स्तर बढाउनका लागि विभिन्न ११ वटा नयाँ प्रतियोगिताहरू प्रस्ताव गरेको छ । यी प्रतियोगिताहरूमा पुरुष र महिलाको फुटसलदेखि स्कुल स्तरका प्रतियोगिताहरूसमेत समावेश छन् । कंग्रेसमा दक्षिण एसियाका सातै देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार