आइतवार, आश्विन १८ गते २०८३

देउवाले बोलाए पदाधिकारी बैठक

आइतवार , जेठ १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। सोमबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्नेगरी  सभापति देउवाले बैठक बोलाएका हुन् ।  

आउने संसद् बैठक, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट जेठ १५ गते संसद्‍मा पेस गर्दै छ। 

त्यस्तै क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुनेछ। कांग्रेसले नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार