आइतवार, आश्विन १८ गते २०८३

राजावादीमाथि एमालेको नयाँ रणनीति, सबै कार्यकर्ता परिचालन, जेठ १५ को तयारी गर्न जनसंगठनको बैठक जारी

सोमवार , जेठ १३, २०८२

काठमाडौं ।  सत्तारुढ दल नेकपा एमालेका जनसंगठनका पदाधिकारीको बैठक जारी रहेको छ। पार्टी कार्यालय च्यासलमा जनसंगठन संयन्त्रको आयोजनामा जनसंगठनका पदाधिकारीको बैठक सुरु भएको हो। 

बैठकमा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्माकुमारी अर्याल, जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, काठमाडौं उपत्यकाका पार्टी पदाधिकारी, जनसंगठनका अध्यक्ष तथा पदाधिकारी लगायत उपस्थित छन्।

बैठक जेठ १५ गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको छ । नेकपा एमालेको सचिवालय बैठकले जेठ १५ गते राजवादीको आन्दोलनको प्रतिवाद गर्ने र ७ दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको छ। २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले गणतन्त्र घोषणा भएको हो। २०६२/६३ को जनआन्दोलनपछि २४० वर्ष लामो राजतन्त्र अन्त्य गणतन्त्र आएको हो। गणतन्त्र आएको १७ वर्ष भएको छ।

अध्यक्ष ओलीले एमालेका सबै कार्यकर्ता परिचालित हुँदा कसैले रोक्न नसक्नेसमेत बताए। ‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशनपछि आउला,’ उनले भने, ‘यहाँबाट उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुहोस्। १५ गते के–के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। यति परिचालन भएर जनता ल्याउँदा कसले थाम्छ ?  कसले रोक्छ ?’ उनले राजावादी, प्रतिगामी शक्तिको कडा आलोचना गरेका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार