आइतवार, आश्विन १८ गते २०८३

सभापति रविको ‘न्यायका लागि’ बृहत् अभियान गर्ने रास्वपाको निर्णय

सोमवार , जेठ १३, २०८२

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा बृहत् अभियानको अवधारणापत्र अनुमोदन गर्दै संयोजकको जिम्मेवारी सहकोषाध्यक्ष दीपक बोहरालाई तोकिएको उल्लेख छ ।

‘अबको राजनीतिक मुद्दा देश–विदेशमा रहेका आमनेपालीहरूमाझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ,’ विज्ञप्तिमा उल्लेख छ ।

रास्पािले गृहमन्त्री र उनको सचिवालय नै भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भन्ने दृष्टान्त अनुरूप यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार