आइतवार, आश्विन १८ गते २०८३

गृहमन्त्रीले सदनमा जवाफ दिनुअघि आफूहरुले प्रश्न सोध्न पाउनुपर्ने रास्वपाको अडान

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सदनमा गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने बताएको छ । तर, गृहमन्त्रीले जवाफ दिनुभन्दा अगाडि आफूले प्रश्न सोध्न पाउनुपर्ने पार्टीको शर्त छ ।

आज संसदीय दलको वैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीलाई सुरुमै जवाफ दिएर लुसुक्क हिँड्न नदिने बताए ।

उनले भने, ‘पहिले हामीले प्रश्न सोध्न पाउनुपर्यो । सोध्दै नसोधेको प्रश्नको जवाफ दिएर हुँदैन । हामीले प्रश्नै सोध्न नपाइकन जवाफ दिएर लुसुक्क हिँड्न दिँदैनौं । प्रश्न सोध्न पाउनुपर्छ । उहाँलाई के थाहा छ हामीसँग के के प्रमाण छ, कस्ता सूचना छन् भन्ने ।’

उनले गत वर्ष २२ वटा वैठकसम्म दुई महिना तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिइएको सम्झिए । ‘उहाँहरुले हाम्रो सभापतिलाई दुई महिनासम्म बोल्न रोक्नुभएको थियो । तर, हामी त्यस्तो गर्दैनौं । हामी उहाँहरुको भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउनेछौं ।’

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार