आइतवार, आश्विन १८ गते २०८३

सांसद गणेश पराजुलीले भने– भिजिट भिसा भ्रष्टाचार मात्र होइन, मानवतस्करी प्रकरण हो

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानवतस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् ।

आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाएका छन् । उनले अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यका निकायहरू नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको बिषयमात्रै हुन नसक्ने बताएका छन् ।

सांसद पराजुलीले भिजिट भिसामार्फत मानवतस्करीको विषयमा अख्तियारले छानविन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउन रातारात सरुवा गर्ने काम गरेको आरोप लगाएका छन् । गृहमन्त्री लेखकलाई दोषीसँग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनको भनाइ रहेको छ ।

सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गरेर सत्यतथ्य छानविन गर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार