काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलका भ्रातृ संगठनहरुले काठमाडौंको माघइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आवद्ध दलका भातृ संगठनले प्रदर्शन गरेका हुन् । माओवादी केन्द्रको भ्रातृ संगठनहरू अखिल (क्रान्तिकारी) र योङ कम्युनिष्ट लिग (वाईसीएल), नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठनहरु अनेरास्ववियू र युवा संघ नेपाल तथा नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल (समाजवादी) र युवा संगठन नेपालले प्रदर्शन गरेका छन् ।
उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै भिजिट भिसा प्रकरणको छानबिन गर्न समेत माग गरेका छन् ।
