आइतवार, आश्विन १८ गते २०८३

गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन : प्रमुख सचेतक घिमिरे

बुधवार , जेठ १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएका छन् ।

सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताएका हुन् । उनले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताएका छन् । सचेतक घिमिरेले भने, ‘के छानबिन गर्ने ? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन । किन छानबिन समिति बनाउने, ? कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन हुने ? राजीनामा गर्नुपर्ने कारण के छ ? यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठक विपक्षीको विरोधले अवरुद्ध भएको थियो । बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने विपक्षी दलहरूले बताएका छन् । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार