आइतवार, आश्विन १८ गते २०८३

आधा घण्टाका लागि स्थगित भयो प्रतिनिधिसभाको बैठक

बुधवार , जेठ १५, २०८२

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।

बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरिरहेका छन् । स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।

विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार