आइतवार, आश्विन १८ गते २०८३

प्रधानमन्त्री ओलीले गरे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद

बुधवार , जेठ १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी संसद्‍को अवरोध खुलाइदिन आग्रह गरेका छन् ।

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका बेला ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको हो । मंगलबार माओवादीसहितका दलको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । आज पनि संसद् चल्न नदिने अडानका कारण बैठक निर्धारित समयमा बस्न सकेको छैन ।

बिहीबार जेठ १५ गते बजेट ल्याउने दिन भएकाले प्रधानमन्त्री ओलीले प्रचण्डलाई संसद् अवरोध हटाइदिन भनेका थिए । तर प्रचण्डले बजेट ल्याउन दिने विषयमा सकारात्मक जवाफ दिएको स्रोतले बताएका छन् । प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भनेका छन्, ‘बजेट संविधान र जनतासँग जोडिएकाले बजेट ल्याउन दिन्छौं तर भिजिट भिसामा गृहमन्त्रीको सचिवालयसमेत जोडिएकाले उहाँले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ, ।’

प्रचण्डले ओलीलाई यस विषयमा विहीबार बिहान बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार