आइतवार, आश्विन १८ गते २०८३

संसद्‌मा बजेट प्रस्तुत गर्न दिन्छौं : प्रवक्ता मनीष झा

बुधवार , जेठ १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक प्रवक्ता मनीष झाले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने बताएका छन् । उनले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताएका हुन् ।

उनले भने, ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं, ।’ रास्वपा सहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् । तर संवैधानिक व्यवस्था बमोजिम भोलि (जेठ १५ गते) प्रस्तुत हुनुपर्ने आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत हुन दिने रास्वपा नेता झाले बताएका छन् ।

उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिने भन्ने पार्टीको माग नरहेको पनि बताएका छन् । उनले भने, ‘गृहमनत्री अघि बोल्न हामीले पाउनुपर्छ भन्ने हाम्रो माग हो । बोल्नै नदिने भनेका छैनौं, ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार