आइतवार, आश्विन १८ गते २०८३

राजीनामा नदिने प्रष्ट पार्दै गृहमन्त्रीले भने-  यसरी आरोप लगाउने हो भने व्यवस्था चल्न सक्दैँन 

बुधवार , जेठ १५, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफू पदबाट राजीनामा नदिने बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर राजीनामा मागिएको बताएका हुन् ।

कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने व्यवस्था चल्न नसक्ने उनको भनाइ छ ।

लेखकले भनेको जस्ताको त्यस्तै

संविधानले अधिकार प्रदान गरेको सक्षम निकायले राष्ट्रसेवक कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने क्रममा त्यो अनुसन्धानले पूर्णता नै नपाउँदा यदि सम्बन्धित मन्त्रालयको नेतृत्वसँग जोड्ने हो प्रचार गर्ने हो भने शासन व्यवस्था ठिक ढंगले चल्छ सम्भव छ ?

यदि पार्टीको एक कार्यकर्तामाथि अनुसन्धान भयो भने पार्टी अध्यक्ष वा सभापतिले राजीनामा गर्नुपर्ने, सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्यो भने स्थिति के हो ? कुनै विषय उठ्न सक्छ त्यसलाई गम्भीरतापूर्वक लिएर निष्कर्षमा पुग्नुपर्छ ।

विगतमा विभिन्न विषयमा सञ्चारमाध्यममा समाचार आएका र केहीले अख्तियारले अनुसन्धान गरी अभियोजनसमेत गरेका अवस्था थियो । त्यस्तो अवस्थामा नेतृत्वले पद त्याग गरेको छैन। मैले कसैको नाम लिएर आग्रह पूर्वाग्रह राख्नु छैन ।

तर न्याय त मैले पनि पाउनुपर्ने होला नि ? कि न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेरो विरुद्ध कुनै उजुरी छ ? काहीँ छानबिन भइरहेको छ ? तर मैले न्याय त माग्न पाउनुपर्ला नि। यसरी राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीसँग भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने कसरी यो सम्भव होला । मैले कसैमाथि दोषारोपण गरेको छैन ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार