आइतवार, आश्विन १८ गते २०८३

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक बस्ने

बिहिवार , जेठ १६, २०८२

काठमाडौँ।  आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्नुअघि आज (जेठ १५) दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। 

आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यक्रम छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार