आइतवार, आश्विन १८ गते २०८३

गणतन्त्र जनसङ्घर्षबाट प्राप्त उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताएकी छन् ।

गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने हामी सबैको साझा दायित्व भएको बताएकी हुन् ।

साथै उनले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गरेकी छन् ।

‘यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक-आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको छ’, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएका छन् । अनि आफ्नो देशको विकास आफैँ गर्नुपर्छ भन्ने भावना विस्तार भएको छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार