काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल जारी रहेको छ ।
प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका थिए । घिमिरेले सुरुमा मुख्य सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका थिए ।
त्यसपछि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका उनको सचिवालयले जनाएको छ । प्रमुख सचेतकहरुसँगको बैठक सिंहदरबारमा बसिरहेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।
जेठ १५ गते (हिजो) सरकारलाई बजेट प्रस्तुत गर्न दिएका ती दलले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक भने चल्न नदिने अडान लिँदै आएका छन् ।