आइतवार, आश्विन १८ गते २०८३

काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीले पाए जिम्मेवारी

मंगलवार , जेठ २१, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बित गर्दै छानबिन गर्न जाँचबुझ समिति गठन गरेका छन् ।

उनले पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन थालेका हुन् । प्रमुख प्रशासकीय प्रमुख गुरागाईले महानगर कार्यालय प्रवेश गर्ने क्रममा गत चैत २१ गते नगर प्रहरीले अवरोध गरेपछि रिक्तता देखिएको थियो । कार्यालय प्रमुखलाई नै कार्यालय प्रवेशमा रोक्न हुलहुज्जतको नेतृत्व नगर प्रहरी प्रमुख पाण्डेले गरेको ठहर गरिएको छ ।

नगर प्रहरी प्रमुख पाण्डे नगर प्रमुख (मेयर) बालेन्द्र शाहको आदेशमा चल्ने गरेका थिए । तर कानून अनुसार प्रहरी प्रमुखले प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा काम गर्नुपर्छ ।
पाण्डे निलम्बनमा परेसँगै  काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार